स्थानीय तहकाे निर्वाचनकाे तयारीमा जनमत पार्टी
काठमाडाैं। जनमत पार्टी आगामी ३० वैशाखमा हुने स्थानीय तहकाे निर्वाचनमा पनि हाेमिएकाे छ। त्यसका लागि जनमतले निर्वाचन केन्द्रीय प्रशिक्षणका कार्यक्रम स्थानीय तहसम्मै चलाउने भएकाे छ। यसकाे जिम्मेवारी जिल्ला कार्यकारिणी समितिलाई दिइएकाे छ।
केन्द्रीय कार्यकारिणी समितिको अनलाइन बैठकले यस्ताे निर्णय गरेकाे हाे। जिल्ला कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यले जिम्मेवारी बाँडफाँट गरेर काम गर्ने पार्टीले जनाएकाे छ।
त्यस्तै, किसान आन्दोलनका थप कार्यक्रम होली पर्व अर्थात ५ चैतपछि घोषणा गर्ने निर्णय पनि बैठकले गरेकाे छ । यसअघि २० फागुनसम्म आन्दाेलन भएकाे थियाे। २० जिल्लामा भइसकेकाे माटाे यात्रालाई बाँकी जिल्लामा पनि निरन्तरता दिइने भएकाे छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment