के कारण घट्दै छ पुरुष प्रजनन् क्षमता ? यी कुराहरुमा ध्यान दिनुहोस्

डिसी नेपाल
२३ फागुन २०७८ ११:३८

काठमाडौं । सन्तान उत्पादनमा महिला र पुरुष दुवैको भूमिका उतिकै हुने गर्दछ । पुरुष प्रजनन प्रणालीबाट वीर्य र शुक्रकीट यौन सम्पर्क पश्चात महिलाको पाठेघरमा डिम्बसँग मिलेर भ्रूणको रूपमा विकसित हुन्छ र पछि बच्चाको रूपमा पैदा हुन्छ । एउटा स्वास्थ्य बच्चा जन्माउनका लागि महिला मात्र स्वास्थ्य भएर हुँदैन उ संगै पुरुष पनि पूर्ण रुपमा स्वस्थ्य हुनु जरुरी छ ।

तर आजकाल अस्वस्थकर खानपान, प्रदुषित वातावरण, आधुनिक जीवनशैली यी विविध कारणले गर्दा पुरुषहरुमा शुक्राणुको संख्या अर्थात बीर्य उत्पादनको दर कम हुँदै गएको छ । यसले उनीहरुको प्रजनन क्षमतामा समेत असर गरेको छ । एक अध्ययनका अनुसार आधुनिक जीवनशैलीका कारण पुरुषको प्रजनन् क्षमतामा नकारात्मक असर परेको देखाएको छ । यदि तत्काल सुधार नगरे भयावह अवस्था सिर्जना हुने चेतावनी समेत दिएको छ । मोटोपनादेखि हार्मोनल असन्तुलन र आनुवंशिक रोगहरूका काण पनि पुरुषहरुको प्रजनन क्षमतालाई असर गरिहेको छ ।

अध्ययनले भनेको छ,आजभन्दा पचास बर्ष अघि एक मिलिलिटर शुक्राणुको संख्या ११ करोड तीस लाख हुन्थ्यो जो १९८८ मा घटेर छ करोड बीस लाख हुन गयो । र अहिले सो संख्या घटेर मात्रै चार करोड १७ लाखमा झरेको छ । कित्सकका अनुसार वातावरणीय विषाक्त पदार्थहरुका कारण पनि प्रजनन क्षमतामा गिरावट आएको बताएका छन् । वातावरणमा भएको विषाक्त पदार्थका कारण पुरुषको हर्मोनको सन्तुलन बिग्रन्छ र प्रजनन क्षमतालाई असर गरिरहेको छ ।

पुरुषहरुको प्रजनन् क्षमतालाई प्रभावकारी बनाउन यी कुराहरुमा ध्यान दिनु पर्दछ ।

तौल – मोटो पनि होइन दुब्लो पनि हैन शरीर ठिक्कको हुनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । किनकी मोटो व्यक्ति अर्थात बढी तौलले एस्ट्रोजन तथा टेस्टोस्टेरोनको स्तरमा प्रभाव पार्छ । तसर्थ उचाई अनुसार तौल व्यवस्थापन गर्ने ।

धुम्रपान – धुम्रपानले पुरुषको प्रजनन् क्षमतामा ह््रास ल्याउने मात्र हैन यसले वीर्य उत्पादनमा समेत कमी ल्यााउने विशेषज्ञहरुले बताएका छन् ।त्यसैले धूमपान छोडनु राम्रो हुन्छ । त्यसो त धुम्रपान जसले गर्छ उसले मुटुको रक्तनलिमा अवरोध उत्पन्न भई रगत प्रभाहमा कमी हुनजान्छ फलस्वरुप व्लडप्रेसर आफसेआफ बढछ् । त्यसको असर यौनजीवन र प्रजनन् कार्यमा समेत देखिन्छ ।

स्टीमबाथ कम गर्ने – हप्तामा एक दिन तातोपानीमा बाफ लिएर नुहाउनु ठिक हो तर ४० डिग्री सेल्सीयस वा त्यो भन्दा बढी तातो पानी वा सौनामा नुवाउने वा बस्ने गर्नुहुन्छ भने तपाईँको शुक्राणु९ अण्डा०हरुमा क्षति पुग्छ ।

नियमित रुपमा व्यायाम गर्ने – नियमित रुपमा व्यायाम गर्नाले मोटोपनाको साथै तनाव समेत घटछ् । जसले शरीर स्वस्थ र फुर्तिलो हुन्छ । जो स्वस्थ र फुर्तिलो हुन्छ उसको शुक्राणु अर्थात बीर्य उत्पादनमा समेत सकारात्मक प्रभाव पर्छ । अर्थात शुक्रकिटको परिमाण र गुणस्तर समेत उत्तिकै राम्रो हुन्छ ।

मोवाइल धेरैबेरसम्म पकेटमा नराख्ने – मोवाइल वा ल्यापटम धेरैबेरसम्म आफ्नो खल्तीमा राख्नुहुँदेन । यसमा आउने विकिरणको सिधा असर पुरुषको अण्डकोष वा शुक्राणु उत्पादन गर्ने ग्रन्थीलाई गर्छ । उत्पादित शुक्रकिटमा क्षति पुरयाउछ

टाइट अन्डरवयर नलगाउने –यदि तपाईँको अन्डरवेर वा पाइन्ट टाइट छ भने अण्डकोषको ग्रन्थीले प्रयाप्त शुक्रकिट उत्पादन गर्न सक्दैन् । तपाईँलाई यदि लामोसमयसम्म बसि रहनुपर्छ भने टाइट अण्डरवेर वा पाइन्ट नलगाएको राम्रो ।

कफि कम पिउने – दैनिक एक दुई कप कफी पिउनुले खासै नराम्रो हुँदैन् । तर यदि तपाईँ त्यो भन्दा बढी पिउनु थाल्नुभयो भने त्यसले असर गर्न सक्छ । यसले बीर्यका गतिशिलतालाई अवरोध पैदा गर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *