‘छोरीका लागि छोरी’ ले गठन गर्‍याे विभिन्न केन्द्रीय विभाग

डिसी नेपाल
२४ फागुन २०७८ १३:३८

चितवन। केही वर्षअघि सुदुरपश्चिम प्रदेशको अछाम जिल्लामा छाउगोठमा बसेकी रोशनी तिरुवाको ज्यान गएपछि छाउपडी लगायतका अन्धविश्वासको विरुद्धमा आवाज उठाउने उद्देश्यले स्थापना गरिएकाे सामाजिक अभियान ‘छोरीका लागि छोरी’ ले आफ्ना गतिविधिहरुलाई थप शसक्त र प्रभावकारी बनाउनका लागि विभिन्न केन्द्रीय विभाग गठन गरेको छ।

अभियानकी केन्द्रीय अध्यक्ष मुना पाण्डेका अनुसार केन्द्रमा काम गर्नको लागि केन्द्रीय परामर्श विभाग,स्वास्थ्य बिभाग,अनुशासन बिभाग,आर्थिक बिभाग, सूचना बिभाग, मिडिया बिभाग, प्रचारप्रसार बिभाग गठन गरिएको हो। पाण्डेका अनुसार केन्द्रीय परामर्श विभागमा ललितपुरकी बसुधा बस्नेत पाण्डे संयोजक रहेकी छिन् भने सदस्यहरुमा सचिता खड्का (ललितपुर), मन्दिरा भण्डारी (चितवन ),सिर्जना पौडेल (बागलुङ), मेनुका थापा (भक्तपुर) रहेका छन्।

यसैगरी विभागको केन्द्रीय सल्लाहकारमा चितवनकी सुनिता खड्का रहेकी छन्। परामर्श विभागले देशभर पीडा र समस्यामा रहेका छोरीहरुको बारेमा काउन्सलिङ तथा समस्याको समाधानको लागि पहल र पहरेदारी गर्ने कार्य गर्दछ।

यसैगरी संस्थाको सूचना विभागमा कैलालीकी अपेक्षा बोहरा संयोजक रहेकी छिन् भने सदस्यहरुमा यसोदा भट्ट (कैलाली),सम्झना खत्री (कंचनपुर), कमला भण्डारी (बैतडी,कमला धमला (मोरङ) रहेका छन्। सूचना विभागको केन्द्रीय सल्लाहकारमा सिर्जना पौडेल (बागलुङ) र
कोपिला थापा (धनकुटा) रहेका छन्। सूचना विभागले छोरीका लागि छोरी संस्थासँग सम्बन्धित सूचनाहरु आदानप्रदान गर्दछ।
केन्द्रीय अनुशासन बिभागको संयोजक भगिरथी भट्ट (बैतडी) लाई चयन गरिएको छ भने केन्द्रीय सदस्यहरुमा सबिता पाण्डे (ललितपुर),शान्ति खत्री क्षेत्री (कास्की),लक्ष्मी शाह चन्द (बैतडी),दिपा केसी (सुनसरी) रहेका छन्।

अनुशासन विभागको सल्लाहकारमा सल्लाहकार फुल कुमारी पौडेल (काठमाडौ) चयन भएकी छन्। विभागले संस्थाका सदस्यहरुलाई विधान बमोजिम चल्नका लागि सचेत गराउने र बिधान बिपरित कार्य गरेको खण्डमा कार्बाही गर्ने गर्दछ।

केन्द्रीय आर्थिक बिभागको संयोजक हिमाली पोख्रेललाई चयन गरिएको छ भने केन्द्रीय सदस्यहरुमा श्याम थापा (ललितपुर),सुधा मरहट्ठा (ललितपुर),सतिश मिश्र (मकवानपुर), अजय मण्डल (सर्लाही ) रहेका छन्।

सल्लाहकारहरुमा मेनुका थापा (भक्तपुर) र हरि केसी (चितवन) लाई चयन गरिएको छ। केन्द्रीय प्रचारप्रसार बिभागको संयोजकमा निलम शर्मा (कैलाली),केन्द्रीय सदस्यहरुमा धिर्जा शाही (अछाम),लक्ष्मी सुकुभुटु (भक्तपुर),पुर्णा पोखरेल (सर्लाही),तुलसी सन्ज्याल (कैलाली) रहेका छन्। केन्द्रीय सल्लाहकारहरुमा कल्पना तिमल्सिना (कैलाली)

भुमिका उपाध्याय (कैलाली) लाई जिम्मा दिईएको छ। विभागले संस्थाले ७७ वटै जिल्लामा गरेका गतिविधिहरुको प्रचारप्रसार गर्ने कार्य गर्दछ।

केन्द्रीय मिडिया बिभाग संयोजकमा भुबी बिष्ट (बैतडी) लाई चयन गरिएको छ। विभागका केन्द्रिय सदस्यहरु सलिना मगर (सर्लाही),सर्मिला रोकाय (बाजुरा),अमृता भण्डारी (संखुवासभा),स्वस्तिका शाही (मुगु) रहेका छन्।

यसैगरी सल्लाहकारमा बिजय भुषाल (चितवन) र सन्तोष दहाल (ललितपुर) लाई चयन गरिएको छ। मिडिया विभागले संस्थाका गतिविधि र प्रचारप्रसारका कुराहरुलाई विभिन्न सञ्चारमाध्यममार्फत प्रचार गर्ने कार्य गर्दछ।

केन्द्रीय स्वास्थ्य बिभाग संयोजकमा चन्द्रा कार्की (गुल्मी) रहेकी छिन् भने केन्द्रीय सदस्यहरुमा सबिता रायमाझी (सर्लाही),खगेश्वरी पाण्डे (कैलाली ),सीता अधिकारी (काठमाडौ),साबित्रा पन्त (चितवन) रहेका छन्। सल्लाहकारहरुमा गोमा कँडेल (चितवन),सबिता पन्थी (बागलुङ), इमा शर्मा (चितवन),सरिता चेपाङ (चितवन) लाई चयन गरिएको छ। स्वास्थ्य बिभागले स्वास्थ्य परामर्श दिनुको साथै स्वास्थ्य सँग सम्बन्धीत स्वास्थ्य शिबिरहरु संचालन गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *