नारी दिवस : सबैकी शारदा दिदी

डिसी नेपाल
२४ फागुन २०७८ १४:३२

महोत्तरी। शारदादेवी थापालाई एक पटक भेटेका मानिसले कहिल्यै बिर्सदैनन्। निकै साधारण जीवनसैली, सबैसँग मिठो बोलीवचन, सहयोगी र सबैैसँग मित्रवत व्यवहारका कारण उनीसँग एकपटक भेट्नेले सधै सम्झिरहन्छन्।

अन्याय सहनै नसक्ने, चित्त नबुझ्दा तुरुन्त प्रतिवाद गर्ने उनको स्वभावले जिल्लामा उनको इज्जतनै भिन्न छ। उनको नाम भन्नासाथै उनको व्यवहार धेरैको आँखाअघि मडारिन थाल्छ।

को हुन् शारदादेवी थापा ?

धेरैले उनलाई नेकपा एमालेकी नेतृ भनेर चिन्छन्। जसले जसरी चिने पनि महोत्तरीका जनताले जिताएका प्रदेश सभा सदस्य हुन् शारदादेवी थापा। अधिकांश जनप्रतिनिधिले निर्वाचनका बेला गरेका प्रतिबद्धता सायद भुलिसके होलान्। कति त आफैलाई बदनाम गरी बेपत्ता नै भएका छन् । तर, शारदा थापाले साढे चार वर्षमा निर्वाचनका बेला गरेका आफ्ना प्रतिबद्धता एक दिन पनि नभुलेको बताइन्।

पाँच वर्षअघि र अहिले निकै परिवर्तन भइसकेको उनले महसुस गरेकी छिन् । महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ ‘क’बाट निर्वाचित भएपछि उनले सामाजिक परिवर्तनलाई विशेष जोड दिइन् । यस क्षेत्रअन्तर्गत वर्दिबास नगरपालिकाको वडा नम्बर १ देखि १२ सम्म र भंगाहा नगरपालिकाको वडा नम्बर ३, ४, ५ र ९ पर्छ।

यो अवधिका उनले विशेषगरी अन्धबिश्वासको भूमरीमा रहेका महिलालाई ससंक्त बनाएउने प्रयास गरेकी छिन्।

उनले बोक्सीको आरोपमा सामाजिक बहिष्कारदेखि अभद्र व्यवहार र दाइजो प्रथाका कारण प्रताडित बनेका महिलालाई ससक्त बनाउन विभिन्न तालिम र अभियान चलाएकी छिन् । संसद विकास कोषबाट करिब पाँच वर्षको अवधिमा झन्डै ६ करोड जिल्ला खर्च गरेकी छिन् । यो रकमको केही हिस्सा महिलाले नेतृत्व गरेको महिला सहकारीमा समेत खर्च गरिएको छ । साथै, महिलालाई उद्यमी बनाउने, महिला उद्यमका विविध तालिम सन्चालन गरिन ।

यति मात्रै होइन ६ करोडबाटै सात वटा विद्यालयमा भवन बनेका छन्, करिब १० किलोमिटर सडक निर्माण भएको छ ।

आज २१३औँ अन्तराष्ट्रिय महिला दिवस मनाइरहदा आफ्नै निर्वाचन क्षेत्रमा दाइजोको नाममा, बोक्सीको आरोपमा प्रताडित बनिरहेको, मजदुर महिलाहरू ज्यालामा ठगिएको, बेचबिखनमा परेको देख्दा सुन्दा निकै पिरोल्ने गरेको उनले बताएन् । तर, तुलनात्मक रुपमा केही परिवर्तन भने आएको थापाको अनुभव छ ।

उनी भन्छिन्, ‘घुम्टोले मुख छोप्ने महिला अहिले घुम्टो उघार्न सक्ने भएका छन्, घरेलु हिंसाविरुद्ध आवाज उठाउन सक्ने भएका छन्, विद्यालयमा किशोरी र महिलाको संख्या बढीरहेको छ ।’

मधेश प्रदेश सभामा ३७ जना महिला र ७० जना पुरुष छन् । ३७ जना महिलामध्ये पनि कतिपय ‘नाता’, ‘कृपा’को कोटामा परेका छन् ।

नेकपा एमाले मधेश प्रदेशकी महिला सचेतक समेत रहेकी थापा अहिले महिलाकी आदर्श मात्र हैनन् सबैै महिलाको साथी बनेकी छिन् । थापालाई सबैले दिदी भनेर बोलाउँछन् । थापा जस्तै हरेक महिलाले साहस र उत्साह राख्ने हो भने परिवर्तन निकै नजिक छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *