रुस-युक्रेन युद्धमा अभिनेता पाशाको निधन
काठमाडौं। रुस र युक्रेनबीच युद्ध जारी छ। यो युद्धमा परेर एक युक्रेनी अभिनेता पाशा लीको निधन भएको छ। युक्रेनी सेनासँग आबद्ध पाशाले देशको सुरक्षाको क्रममा ज्यान गुमाएका हुन्।
पाशा अग्रमोर्चामा रहेर सेनाको निर्देशन पालन गरिरहेका थिए। यही बेला मार्च ६ मा इरपिनमा भएको बमबारीमा उनको मृत्यु भएको हो। यो कुराको जानकारी ‘ओडेसा इन्टरनेशनल फिल्म फेस्टिभल’ले सामाजिक सञ्जालमा पोस्ट शेयर गर्दै दिएको हो।
पाशा ३३ वर्षका थिए। युक्रेनमा रुसले आक्रमण सुरु गरेपछि उनले अभिनय करियर छोडेका थिए। यसपछि उनी युक्रेनको टेरिटोरियल डिफेन्स युनिटमा आबद्ध भएका थिए। पाशा युक्रेनको लोकप्रिय अभिनेता, डबिङ कलाकार, गायक तथा संगीतकार थिए । उनले आफ्नो करियर टेलिभिजन कमर्शियलबाट सुरु गरेका थिए।
उनले सन् २००६ मा ‘स्टोलन्या’ नामको फिल्मबाट अभिनय करियर प्रारम्भ गरेका थिए । उनको लोकप्रिय फिल्ममा ‘स्याडो अफ अनफरगटन एन्सेस्टर’, ‘द फाइट रुल्स’ र ‘मिटिङ्स अफ क्लासमेट्स’ छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment