माओवादी महोत्तरीका संयोजकसहित पाँच नेताले पार्टी छाडे
महोत्तरी। माओवादी केन्द्र महोतरीका संयोजकसहित पाँच नेताले पार्टी त्यागकाे घोषणा गरेका छन्।
एमसीसी पारितकाे विपक्षमा उभिएका प्रदेश कमिटी सदस्य तथा महोत्तरीका संयोजक तुलसीप्रसाद ढुंगाना, प्रदेश कमिटी सदस्य तथा बर्दिबास वडा नम्बर ३ का वडाध्यक्ष राजनप्रसाद ढुंगानासहितले अन्तत: पार्टी नै परित्याग गरेका हुन्।
अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा नगर कमिटी सदस्य उर्मिला कार्की, मधेस प्रदेश सदस्य रामबहादुर राणा र वडा कमिटी अध्यक्ष नरबहादुर खनालले पनि पार्टी छाडेका छन्।
एमसीसीकाे विपक्षमा रहेकाे माओवादी केन्द्रले अन्तत: सदनबाट पारित गराउन सहमति जनाएकाे थियाे। व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित भएपछि माओवादीकाे एउटा खेमा विराेधमा छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment