दुई दिनमा युक्रेनको राजधानी किभ कब्जा गर्ने पुटिनको योजना थियो

डिसी नेपाल
२५ फागुन २०७८ ११:१३
508
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको राजधानी किभलाई दुई दिनमा कब्जा गर्ने योजना बनाएको अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख विलियम बर्न्सले बताएका छन्।

मङ्गलवार एउटा संसदीय सुनुवाइको क्रममा बोल्दै बर्न्सले अमेरिकी सांसदहरूलाई चेतावनी दिँदै भनेः “मलाई लाग्छ अहिले पुटिन आक्रोशित र हताश छन्। गैरसैनिक हताहत हुने कुरालाई बेवास्ता गर्दै उनले अझ बल गरेर युक्रेनी सेनालाई दमन गर्ने प्रयास गर्न सक्ने सम्भावना छ।”

पुटिन “धेरै वर्षदेखि गुनासो र महत्त्वाकाङ्क्षाको एउटा ज्वलनशील मिश्रणमा” तड्पिएको उनको भनाइ थियो। फेब्रुअरी २४ मा युक्रेनमाथि भएको रुसी पुटिनको “गहिरो निजी दृढ विश्वास” का कारण भएको उनले टिप्पणी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *