कार्की ब्यांक्वेटमा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

डिसी नेपाल
२५ फागुन २०७८ ११:४८
68
Shares

काठमाडौं। एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बबरमहलस्थित कार्की ब्यांक्वेटमा केहीबेरअघि बैठक सुरु भएको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची छ। प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तहको निर्वाचनको तयारी समेटिएको छ।

प्रतिवेदन पोलिटब्युरो सदस्यको सुझावसहित पेस गर्न लागिएको खतिवडाले जानकारी दिए। प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी ) अनुमोदनको बिषयमा पनि छलफल हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *