सर्वसाधारण मानिसलाई बाहिर जान दिन छवटा निकास मार्ग – युक्रेन

डिसी नेपाल
२५ फागुन २०७८ १६:५६
24
Shares

काठमाडौं । युक्रेनले बुधवार छवटा मार्गबाट सर्वसाधारण मानिसलाई अन्यत्र पठाउन प्रयास गरिने बताएको छ। युक्रेनकी उपप्रधानमन्त्रीका अनुसार त्यसरी उद्धारको प्रयास गरिने सहरहरूमा रुसी सेनाको घेराबन्दीमा परेको मारऊपोल पनि छ।

एउटा भिडिओ सन्देशमा उनले युक्रेनी सेनाले ती क्षेत्रमा १२ घण्टा सङ्घर्षविराम गर्ने बताएकी छन्। स्थानीय समयानुसार बिहान ९ बजेदेखि साँझ ९ बजेसम्म आफूहरूले त्यसो गर्ने बताउँदै उनले रुसी सेनालाई पनि स्थानीय युद्धविराम पालना गर्न आग्रह गर्ने बताइन्।

मङ्गलवार युक्रेनले धेरै मानिसलाई सङ्घर्ष भएका ठाउँबाट अन्यत्र निकालेको थियो। रुसी आक्रमणको निसानामा परेको उत्तरपूर्वी सहर सुमी सहरबाट अनुमानित ५,००० मानिसलाई मध्य युक्रेनको पोल्ताभातिर पठाइएको छ।

किभस्थित अधिकारीहरूले यसअघि मस्कोलाई दक्षिणी सहर मारिऊपोलबाट निस्किने प्रयास गरिरहेका नागरिकलाई लक्षित गरेर बाटोमा गोलाबारी गरेको आरोप लगाएका थिए।

ती छवटा प्रस्तावित मार्ग सञ्चालन हुने कुरा अझै प्रष्ट भइसकेको छैन। यसअघि रुस वा उसको साझेदार बेलारुसतर्फ जाने बाटोको प्रस्तावलाई युक्रेन सरकारले अस्वीकार गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *