यून सुक इयोल दक्षिण कोरियाका नयाँ राष्ट्रपति बने

डिसी नेपाल
२६ फागुन २०७८ १४:३४

काठमाडौं। दक्षिण कोरियाको नयाँ राष्ट्रपतिको रुपमा विपक्षी कन्जर्भेटिभ नेता युन सुक इयोल निर्वाचित भएका छन् । निर्वाचित भएसँगै इयोलले बिहीबार आफूले संविधानको सम्मान गर्ने र विपक्षी दलहरुलाई साथमा लिएर काम गर्ने बताए । उनले बुधबार भएको निर्वाचनलाई ‘महान मानिसहरुको जीत’ भने । इयोललाई अमेरिकाले जीतको शुभकामना दिएको छ ।

दक्षिण कोरियामा राष्ट्रपतिको निर्वाचनको लागि बुधबार मतदान गरिएको थियो । यसमा उदारवादी सत्तारुढ दलका उम्मेदवार र रुढीवादी पूर्व अभियोजकबीच कडा प्रतिस्पर्धा भएको थियो ।चुनावको पूर्व सर्वेक्षण अनुसार दक्षिण कोरियाको सबैभन्दा बाक्लो जनघनत्व भएको ग्योंगी प्रान्तका पूर्व गभर्नर उदारवादी नेता ली जेइ म्युंग र उनका मुख्य प्रतिद्वन्द्वी पूर्व अभियोजक युन सुक इयोलबीच कडा टक्कर देखिएको थियो ।

निर्वाचित नयाँ राष्ट्रपतिले आगामी मे महिनामा राष्ट्रपति तथा विश्वको १० औं ठूलो अर्थव्यवस्थाको नेताको रुपमा ५ वर्षको कार्यकाल सम्हाल्नेछन् । ली र यूनबीच हालको इतिहासको सबेभन्दा कटु राजनीतिक प्रचार अभियान चल्यो । हालै यी दुवै आफूले जितेको खण्डमा अर्कोविरुद्ध राजनीति प्रेरित जाँच नगराउन सहमत भएका थिए । आलोचकहरुका अनुसार कुनै पनि उम्मेदवारले उत्तर कोरिया र उसको परमाणु हतियारको खतरासँग कसरी जुध्ने भन्ने स्पष्ट योजना पेश गरेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *