अस्पतालमा भएको बम हमलाको सर्वत्र निन्दा

डिसी नेपाल
२६ फागुन २०७८ १५:२७
2.3k
Shares

किभ। युक्रेनको दक्षिणी सहर मारिओपोल शहरमा भएको रुसी हवाई हमलामा एउटा प्रसूति वार्ड र बाल वार्ड ध्वस्त भएको अधिकारीहरुले जनाएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सो हमलालाई ‘युद्ध अपराध’ भनेका छन्। रुसी फौजको हमलाबाट सर्वसाधारणलाई जोगाउन मानव निकासका लागि विभिन्न ६ ओटा स्थानमा निकासमार्ग खोज्ने प्रयास भइरहेको  जेलेन्स्कीले बताएका छन्।

हमलापछि अस्पताल पूर्णरुपमा ध्वस्त भएको जनाइएको छ। ‘विनाश ठूलो छ,’ मारिओपोल सहर परिषदले भनेको छ। राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले अस्पतालमा भएको बम आक्रमणको निन्दा गर्दै त्यसलाई ‘भयानक’ बताएका छन्।

सुमी सहरमा अस्थायी युद्धविराम घोषणा गरेको रुसी फौजले मारिओपोलमा निशाना बनाएको थियो। यसैबीच, शान्ति वार्ताका लागि युक्रेन र रुसी विदेशमन्त्री टर्की पुगेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *