रुसी-युक्रेन युद्ध रोक्ने दिशामा महत्वपूर्ण उपलब्धि, दुवै देशका विदेशमन्त्रीको वार्ता सुरु

डिसी नेपाल
२६ फागुन २०७८ १५:२१

इस्तानबुल । रुसी र युक्रेनी विदेशमन्त्रीबीच युक्रेनमा रुसी हमला सुरु भएपछिको पहिलो भेटवार्ता सुरु भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबा आन्ताल्या, टर्कीमा छन्।

टर्कीका विदेशमन्त्री मेभलुत चाभुशलु समेत उनीहरूबीचको बैठकमा सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *