युक्रेनी राष्ट्रपतिले भने ‘सर्वसाधारणको लागि ६ स्थानमा निकासमार्ग बनाइँदैछ’

डिसी नेपाल
२६ फागुन २०७८ १५:३२
208
Shares

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजको हमलाबाट जोगाउन मानव निकासका लागि विभिन्न छवटा स्थानमा निकासमार्ग पहिल्याउने प्रयास भइरहेको बताएका छन्।

एउटा भिडिओ सन्देशमा उनले सुमी, एनर्होडार र किभ आसपासका क्षेत्रबाट बुधवार करिब ३५,००० मानिस सुरक्षित स्थानतर्फ जान सकेको बताए।

तर त्यो सङ्ख्या अपेक्षा गरेभन्दा निकै कम रहेको उनले उल्लेख गरे। बिहीवार थप तीनवटा मार्ग पहिल्याउने काम भइरहेको जेलेन्स्कीले जानकारी गराएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *