रुस-युक्रेन वार्ताबाट न्यून अपेक्षा
इस्तानबुल । युद्धमा रहेका दुई देशका विदेशमन्त्रीहरू छुट्टाछुट्टै पुगे। युक्रेनी विदेशमन्त्री दिमेत्रो कुलेबालाई उनका टर्किस समकक्षीले स्वागत गरेपछि रुसका सर्गेई लाभ्रोभ आइपुगे।
यी वार्तामा व्यापक रुचि छ। पत्रकार सम्मेलनस्थल आन्ताल्यामा अन्तर्राष्ट्रिय पत्रकारहरू भरिभराउ छन्। वार्ताहरू बन्द कोठाभित्र भएको थियो र दुवै प्रतिनिधिमण्डलले त्यो सकिएपछि पत्रकार सम्मेलन गरेका छन्।
तर वार्ताबाट अपेक्षाहरू निकै कम छन्। कुलेबाले समेत त्यसै ठानेका छन्। उनले सफलता लाभ्रोभले मस्कोबाट पाउने ‘निर्देशनमा’ निर्भर रहने बताएका छन्।
क्रेमलिनले केही दिनअघि प्रस्तुत गरेका सङ्केतबारे निकै अनुमान भए जसलाई कसैले रुसी अडानको सम्भावित लचिलोपनका रूपमा व्याख्या गरेका छन्। यद्यपि त्यो फगत आशा हुनसक्छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment