अमेरिकी सेनासँग वार्ता गर्न नेपाली सेनासहितको उच्चस्तरीय टोली हवाइ जाने
काठमाडौं। अमेरिकाको हवाइमा आयोजना हुने द्विपक्षीय अमेरिकी स्थल सेनासँगको नियमित वार्तामा भाग लिन नेपाली सेनासहितको उच्चस्तरीय नेपाली टोली अेमेरकाको हवाइ जाने भएको छ। यो हरेक दुई वर्षमा हुने नियमित सैनिक वार्ता हो।
उक्त कार्यक्रममा सहभागी हुन नेपाली सेनासहितको टोली त्यसतर्फ जाँदैछ। हरेक दुई वर्षमा आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुन नेपाली सेना, रक्षा र परराष्ट्र मन्त्रालयका प्रतिनिधि त्यसतर्फ जाने निश्चित भएपनि मिति तय नभएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए।
यो वर्ष अमेरिकाको हवाइमा कार्यक्रम आयोजना हुँदैछ। यो कार्यक्रम प्रत्येक दुई वर्षमा हुँदै आएको भएपनि गत वर्ष कोरोना महामाकारीका कारण हुन सकेको थियो। कोरोना महामारी अघि उक्त कार्यक्रम नेपालमा आयोजना भएको थियो।
सैनिक प्रवक्ता सिलवालले रक्षा, परराष्ट्र र नेपाली सेनासहित ११ जनाको प्रतिनिधि मण्डल हवाइ जाने निश्चित भएको बताए। ‘आयोजक मुलुकले गरेको निमन्त्रणका आधारमा प्रतिनिधिमण्डल तय हुन्छ,’ उनले भने।
मन्त्रिपरिषद बैठकले यो विषयमा निर्णय गरेपछि मिति तय हुने प्रवक्ता सिलवालले जनाए। उक्त कार्यक्रममा दुई देशका सेनाबीचको आपसी सम्बन्धका विषयमा छलफल हुने नेपाली सेनाले जनाएको छ। अमेरिकाले एसिया प्यासिफिक क्षेत्रमा इण्डोप्यासिफिक सैनिक रणनीति लागू गर्दै आएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment