चार जना नेपालीको युक्रेनबाट उद्धार गरेकोमा प्रधानमन्त्री देउवाले दिए मोदीलाई धन्यावाद
काठमाडौं।भारतले युक्रेनको युद्धग्रस्त क्षेत्रबाट उद्धार गरेका चार नेपाली शनिबार काठमाडौं आइपुगेका छन् ।आफ्ना नागरिकको उद्धार गर्ने क्रममा भारतले चार जना नेपालीलाई पनि सँगै ल्याएको थियो ।उनीहरु भारतहुँदै काठमाडौं आइपुगेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज भारतीय समकक्षि नरेन्द्र मोदीलाई धन्यावाद दिएका छन् ।
‘चार जना नेपाली युक्रेनबाट भारत हुँदै भर्खर काठमाडौं आइपुगेका छन् । अप्रेसन गंगा अन्तर्गत नेपाली जनतालाई पनि उद्धार गरी ल्याइदिएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यावाद,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन् ।
गत फेब्रुअरी २४ का दिन देखि रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको छ । त्यसपछि त्यहाँ रहका नेपालीलाई उद्धार गर्न थालिएको हो । सरकार र गैर आवासिय नेपाली संघको सक्रियतामा हालसम्म साढे पाँच सयभन्दा बढी नेपालीलाई युक्रेनबाट अन्य सुरक्षित स्थानमा सारिएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment