बर्दिबास नगरपालिका र लुम्बिनी बौद्ध विश्विद्यालयबीच सहकार्य

डिसी नेपाल
२८ फागुन २०७८ २१:०७
फाल्गुन । लुम्बिनी बौद्ध विश्वविद्यालय र बर्दिबास नगरपालिकाबीच शैक्षिक सहकार्यको लागी अन्तर्कृया समपन्न भएको छ ।

मधेश प्रदेशका ८ वटै जिल्लाको सुझाव संकलन गर्ने उदेश्यले बर्दिबास नगरपालिकाले आज अन्तकृया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा ८ वटै जिल्लावाट उल्लेख्य सहभागीता रहेको थियो । मधेश प्रदेशका  जिल्लावाट सहभागी भएकाहरुले लुम्बिनी विश्वविद्यालयसँगको शैक्षिक सहकार्यलाई प्रभावकारी बनाउन कसरी अगाडि बढने भन्ने समबन्धमा सुझाव पेश गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथी तथा पूर्व शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बौद्ध दर्शनमा आधारित शिक्षालाई व्यवसायीकतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

बौद्ध दर्शनमा आधारित शिक्षाले व्यक्तिलाई नैतिकवान मात्र हैन व्यवसायिक र रोजगारका हिसाबले लाभ हुने खाल्को पाठयक्रम तयार गर्नुपर्ने नेता पोखरेलको भनाइ छ ।

लुम्बिनी विश्वविद्यालय र बर्दिबास नगरपालिकाबीच एकअर्कोलाई समान्ता, सअस्तित्व, बन्धुत्व, समान हितको नीतिभित्र रही दीर्घकालीन आफसी बिकाशका लागी एकअर्काको सहयोगी र आफसी साझेदार बन्न ११ फाल्गुनमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

एक बृहत उच्च शैक्षिक नगरकोरुपमा विकशित गर्ने उदेश्यले समझदारी भएको उक्त सम्झौतामा मधेश प्रदेशको आर्थिक, सामाजिक एव ऐतिहासिक महत्वलाइ संरक्षण गर्नु  मुख्य उदेश्य रहेको सम्झौतापत्रमा उल्लेख छ ।

बर्दिबास लगायत मधेश प्रदेशको दिगो विकाश तथा वातावरण व्यवस्थापनसग समबन्धित शैक्षिक कार्यक्रम मार्फत जीवनयापनको लागी आयआर्जन र रोजगारीमुलक क्रियाकलाप संचालन गर्ने प्रतिबद्धता सहित समझदारीपत्रमा हस्ताक्षर भएको नगरप्रमुख बिदुर कार्कीले बताए ।

यता लुम्बिनी बौद्ध बिस्वबिध्यालयको शैक्षिक सहकार्य औपचारिकरुपमा अगाडी बढेकोप्रति विश्वविद्यालयका  डिन डा. उकेशराज बुजु र उपकुलपति प्रा.डा. हृदयरत्न ब्रजाचार्यले आवस्यक सहयोगको लागी सधैभरी तयार रहेको विश्वास दिलाए ।

१४ -१६ मंसिर २०५५ मा लुम्बिनीमा भएको विश्व बौद्ध शिखर  सम्मेलनले पारित गरेको घोषणापत्रका आधारमा १४ मंसिर २०६१ मा अध्यादेश मार्फत र २० कात्तिक २०६३ मा ऐन मार्फत लुम्बिनी विश्विद्यालयको स्थापना भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *