घामबाट छाला डढ्नबाट कसरी बच्ने ? (घरेलु उपाय)

डिसी नेपाल
२ चैत २०७८ १०:५४

काठमाडौं । गर्मीको समयमा घरबाट बाहिर निस्कदा चर्को घामले हाम्रो छाला डढ्ने गर्दछ । लामो समयसम्म घाममा बसेर काम गर्नाले पनि छाला डढ्ने गर्दछ । घामले छाला डढ्दा छाला सम्बन्धी विभिन्न रोगको खतरा बढ्दछ ।

छाला रुखो हुने, कालो दाग र छालाको क्यान्सर जस्ता रोग पनि हुने गर्दछ । छाला डढ्दा दुख्ने, पोल्ने, रातो हुने, सुन्निने जस्ता समस्याहरु देखापर्दछ तसर्थ आफु घरबाट बाहिर निस्कदा छालाको बिशेष ख्याल राख्नुपर्छ ।

अत्याधिक गर्मी र चर्को घामले छालामा चिलाउने राता दागहरु देखा पर्छन्। केहीकेहीको छालामा पानीका फोका पनि देखा पर्छन्। घामले डढेर केही फोका चिलाउने दागमा परिणत हुन्छन्। साथै गर्मीको समयमा छाला सुक्खा हुनेगर्छ। गर्मीमा पसिना धेरै बग्ने हुँदा शरीरमा पानीको मात्रा कम हुन गई छालामा सुक्खापन आउँछ। छाला सुक्खा हुँदा निकै चिलाउने गर्छ।

गर्मीले गर्दा पसिना अत्याधिक आउँछ। पसिना धेरै बग्दा यसले धुलोधुँवा तान्ने चुम्बकको काम पनि गर्छ। पसिना निस्कने छालाका प्वालमा फोहोर जम्मा हुँदा त्यहाँ डन्डिफोर आउन सक्ने सम्भावना हुन्छ। यस्तै गर्मीमा छालामा घाउ हुने, खटिरा आउने, खटिरामा पिप जम्ने जस्ता समस्या पनि हुने गर्दछ ।

छाला डढ्नबाट कसरी बच्ने त ?
–सकेसम्म घाममा ननिस्कने । निस्कनै परेमा छालाको सुरक्षामा पुर्ण रुपमा ध्यान दिने ।

–घामको सट्टा शितलमा बस्ने, हिड्ने ।

–घामबाट आँखा जोगाउनको लागि सनग्लासको प्रयोग गर्ने ।

–शरीरलाई घामबाट जोगाउन पुरै कपडा लगाउने, शरीरको सबै अंग ढाक्ने गरी कपडा लगाउने ।

–सकेसम्म बिहान १० बजेपछि र बेलुका ४ बजेको बिचमा घाममा ननिस्कने ।

–सनस्क्रिनको प्रयोग गर्ने ।

घामले डढेको छालालाई फेरी उस्तै बनाउन घरेलु उपाय :

–दैनिक एक गिलास पुदिनाको जुस खाएर पनि घामबाट डढेको छालामा निखारता ल्याउन सकिन्छ।

– बाहिरकहि गएर आएपछि चिसो पानीले अनुहार सफा गर्नुहोस् । त्यसपछि आइसका टुक्राहरुले अुनहारमा मसाज गर्नुहोस् । यसो गर्दा घामले डढेको छाला हटेर जान्छ ।

–घ्यू कुमारीको जेल निकाले फ्रिजमा राख्नुहोस् । यो फ्रिज्ड भईसकेपछि अनुहार वा घामले डढेको ठाउमा लगाउनुहोस् ।

–काँक्रोलाई टुक्रा–टुक्रा बनाई पेष्ट बनाएर घामले डढेको ठाउमा लगाउनुहोस् र १५– २० मिनेटपछि पखाल्नुहोस्। घामले डढेको केही दिनमै हराउँछ।

–कालो चियामा पनि एन्टि–अक्सिडियन्ट तत्व हुन्छ । घामबाट डढेको छालाको सौन्दर्यलाई पूर्ववत अवस्थामा फर्काउन कालो चियाको केही थोपा लगाउनुहोस्।

–काँचो दुध र टमाचरको पेस्ट बनाएर लगाउनुहोस्। २० मिनेटपछि पखाल्नुहोस्। घामले डढेको छाला हटेर जान्छ।

–एक चम्चा चामललाई ३ चम्चा काँचो दुधमा भिजाई दिने। राम्रो संग चामल भिजेपछि त्यसमा आधाचम्चा बेसार आधा चम्चा मुसुरोको दाललाई एकै ठाउँ राखेर पिस्ने । पेष्ट बनाउँदा यदि दुध नपुग्ने भए दुध थप गर्ने । उक्त पेष्टलाई अनुहारमा या भनौं घामले डढेको ठाउँमा लगाउने । यसो गर्दा घामले डढेको छाला हटेर जानुका साथै छालामा निखारता पनि आउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *