महोत्तरीका ८० प्रतिशत पालिकामा कांग्रेसले जित्छः सभापति यादव

डिसी नेपाल
२ चैत २०७८ १६:१९

महोत्तरी । नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले आगामी स्थानीय तहको निर्वाचनमा ८० प्रतिशत पालिकामा जित्ने दावी गरेका छन् । अघिल्लो निर्वाचनमा भन्दा कांग्रेसको संगठनिक अवस्था निक्कै बलियो भएकाले महोत्तरीका १५ मध्ये १२ भन्दा बढी स्थानीय तहमा बहुमत आउने उनले दावी गरेका छन् ।

क्षेत्र नम्वर १ महोत्तरीले आज आयोजना गरेको होली विशेष कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दावी गरेका हुन् । उनले बाहिर सार्वजनिक भए जस्तो महोत्तरी कांग्रेसमा कुनै तिक्तता पनि नरहेको पनि जिकिर गरे ।

जिल्ला कमिटी सदस्य विनोद बरालले स्थानीय तह निर्वाचनको टिकटप्रति लक्षित गर्दै कुनै पनि व्यक्ति बलियो नभएको र संगठनिक संरचना बलियो भए मात्र व्यक्ति बलियो हुने बताए । ‘कुनै पनि व्यक्ति आफू बलियो छु भनेर नसोचौँ पहिला संगठनलाई दरिलो बनाऔँ ।’ उनले भने ।

उम्मेदवारहरूको विषय टुंग्याउन पार्टीले केन्द्रीय सदस्य श्याम घिमिरेलाई खटाएको छ । होलीपछि नै चुनाव लक्षित कार्यक्रम र उम्मेदवारको बिषयमा ध्यान दिने नेता घिमिरेको भनाइ छ ।

पार्टीले गठबन्धनको बिषयमा निर्णय गरेर सोहीअनुसार अगाडि बढ्ने नेता घिमिरेको भनाइ छ । बर्दिबास नगरपालिकाका युवा नेता प्रल्हाद घिमिरेले भने गठबन्धनको कुनै औचित्य नभएको बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *