सिरहामा पेस्तोल र गोलीसहित एक जना पक्राउ
सांकेतिक तस्बिर
सिरहा। धनगढी नगरपालिका–११ आँप चोकबाट एक थान ईटालियन पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रमदेव यादव रहेका छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिन समेत बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट उक्त हतियार फेला पारी पक्राउ गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment