मेयर साहको प्रश्न -के संघीय मन्त्रीले पनि राजीनामा दिनुपर्ने प्रावधान आयोगले राख्छ ?

डिसी नेपाल
४ चैत २०७८ १८:०१

जनकपुरधाम ।आसन्न स्थानीय तहको निर्वाचनमा वर्तमान स्थानीय तहका प्रतिनिधिले उम्मेदवारि दिनुअघि राजीनामा दिनुपर्ने गरी निर्वाचन आयोगले आचारसंहिता जारी गरेकोमा मधेस प्रदेशका अधिकांश जनप्रतिनिधिले विरोध जनाएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहले स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्ने आचारसंहिता लागू गरेर निर्वाचन आयोगले गैर संवैधानिक कार्य गरेको आरोप लगाएका छन् । मेयर साहले भने,‘यो चुनाव आफैमा अवैधानिक हो । संविधानमा जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष तोकिएको छ । तर, मधेस प्रदेशका जनप्रतिनिधिको कार्यकाल साढे ४ वर्षमै समाप्त हुने गरी निर्वाचनको घोषणा गरिएको छ । जनप्रतिनिधिहरूले त्यसको विरोध गर्दा पनि कुनै सुनवाइ भएन । अदालतले पनि कुरा सुनेन ।’

गाविस व्यवस्था हुँदा पनि बहालवाला जनप्रतिनिधिलाई निर्वाचनमा राजीनामा दिनुपर्ने प्रावधान नभएको उनले बताएका छन् । अहिले स्थानीय सरकार भएको अवस्थामा अर्को निर्वाचन लड्न किन राजीनामा दिनुपर्ने भन्दै उनले प्रश्न गरेका छन् ।

ुयसको तुक के हो ?दिनै पर्छ भने चुनावको वेला संघीय सरकारका मन्त्री, प्रधानमन्त्रीले पनि राजीनामा दिएपछि मात्रै उम्मेदवारी दिनुपर्ने प्रावधान राख्नुपर्छ । होइन भने यो ठूलो विभेद हो,’ उनले भने ।

नेपाल संघीय लोकतान्त्रिक व्यवस्थामा प्रवेश गरे पनि अहिले मुलुकमा कर्मचारीतन्त्र हाबी भएको उनको दाबी छ । ुनेपालमा अझ पनि राजनीतिक इकाई हुन सकेको छैन । प्रशासनिक इकाई नै सञ्चालन भइरहेको छ । प्रशासनिक इकाई कहिले उत्तर तिर ढल्छ त कहिले दक्षिणको भयले काम गर्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *