थपिए १७ जना कोरोना संक्रमित , ४०९ जना कोरोना मुक्त

डिसी नेपाल
५ चैत २०७८ १७:३८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५ सय ४३ जनाको नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही समयमा ४ सय ९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा मृत्युदर भने सुन्य रहेको छ ।

हाल देशभर ३ हजार ५ सय ९५ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयले पछिल्लो २४ घण्टामा ८ हजार ७ सय २९ जनाले कोरोनाविरुद्धको खोप लगाएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *