प्रतिस्पर्धीसँग गठबन्धन गर्नु अराजनैतिक विषय हो : शंकर भण्डारी केन्द्रीय सदस्य, नेपाली कांग्रेस

डिसी नेपाल
६ चैत २०७८ १४:५६

काठमाडौं। आगामी जेठ ३० गते स्थानीय निकायको निर्वाचन हुने मिति नजिकिएसँगै देश चुनावमय बन्दै गएका छ। देशका ठूला पार्टीका शिर्ष नेता देखि साना पार्टीका नेताहरु चुनावमा आफ्नो पक्षको महोल सृजना गर्न देश दौडाहामा निस्केका छन्।

चुनावको सरगर्मी जति तातेको छ। त्यतिनै सत्तारुढ गठबन्धनभित्र चुनावी समीकरण र गठबन्धनको विषय पनि पेचिलो बन्दै गएको छ। सत्तागठबन्धनमा रहेका नेकपा माओवादी (केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) सरकारको गठबन्धनसंगै चुनावी गठबन्धनको पक्षमा देखिएका छन्।

यो विषयमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक देखिएका छन्। तर प्रधानमन्त्री देउवाको दल कांग्रेस भित्र भने गठबन्धन गर्ने कि नगर्नेमा तीब्र मतभेत देखिएको छ। महामन्त्री गगन थापा देखि कांग्रेसका अधिकांक्ष केन्द्रीय नेताहरु कांग्रेसले गठबन्धन गर्न नहुने मत राख्दै आएका छन्।

प्रधानमन्त्री देउवा कै निकट रहेका पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी पनि कम्युनिष्टसंगको गठबन्धनले कांग्रेसलाई हित नहुने बताएका छन्। डिसी नेपालको ‘द ब्रिज टक’ कार्यक्रममा बोल्दै भण्डारीले कांग्रेस अब कसैसंग गठबन्धन नगरी चुनावमा होमीने बताएका छन्।उनै भण्डारीसँग समसमायीक राजनीतिक,सत्तागठबन्धन र चुनावी गठबन्धनमा केन्द्रित रहेर डिसी नेपालका अर्जुन दाहाल कुराकानी गरेकाे सम्पादित अंशः

तपाईं चुनाव प्रचार प्रसारको लागि तनहुँ तिर हुनुहुन्छ, त्यहाँको नेपाली कांग्रेसको अवस्था कस्तो छ?

हो म तनहुँ मै छु। हाम्रो पार्टी भित्र आपसी हार्दिकता र सद्भावको कमी भएको छ। हामीले पार्टीलाई अनुशासित ढंगले ब्यवस्थापन गर्न नसकिरहेको अवस्था रहेको छ। त्यसले गर्दा तनहुँको सन्दर्भमा तपाईंले मलाई सोध्नु भएको हो भने बिगतमा त्यही कारणले हामीले २०७४ को निर्वाचनमा प्रदेश र संघमा पराजित हुनुपर्यो।

यद्यपि पालिका तहको निर्वाचनमा हामीले जिल्ला समन्वय समिति गठन गर्न सकेको थियौँ र हामीले नेतृत्व गर्ने अवसर आएको थियो। तनहुँ जिल्ला एउटा एतिहाँसिक जिल्ला हो। प्रजातान्त्रिक आन्दोलनले नेपाल कांग्रेस पार्टी संगठनको दृष्टिकोणल म आफै नेतृत्वमा रहँदै गर्दा पार्टीमा हिजोको साख पनि गिर्दै गएको सर्वत्र अनुभूति सबैले गरेको अवस्थामा मलाई दुख पनि लागेको छ।

त्यसकारण मेरो प्रयत्न के छ भने सबै साथीलाई मिलाएर, सबै नेतालाई मिलाएर र सबै जना मिलेर अव निर्वाचन जित्ने काँग्रेस बनाएर अव अघि बढ्नु पर्छ भन्ने मेरो चिन्तन र सोच रहेको हुनाले त्यहि अनुरुप म अहिले क्रियाशील रहेको छु।

तपाईं अहिले तनहुँमा नै भएको अवस्थामा गाउँ गाउँ घुमिरहेको अवस्थामा त्यहाँको गाउँ ठाउँका कांग्रेसका समर्थकहरु, शुभेच्छुकहरु र कार्यकर्ताहरु यो गठबन्धनको विषयमा के भन्छन्?

होइन, नेताहरुले भनिहाल्नु भयो भन्दैमा सबै कुरा हुन्छ भन्ने कुरा मान्ने अवस्थामा छैन।मैले बुझे अनुसार गठबन्धनको पक्षमा पार्टीका र जिल्ला तहका नेता साथीहरु हुनुहुन्न। त्योे कुरामा म पनि स्पष्ट छु। यो एक दुई वटा निर्वाचनको मात्र कुरा होइन समग्रमा विशेष गरी १२ बुँदे दिल्ली सम्झौतादेखि कांग्रेसले जसरी कम्युनिष्टहरुसँग सम्झौता गर्दै हामी अगाडि आयौँ। त्यहीँबाट गल्ती भएको छ।

त्यसकारण कुनै पनि अवस्थामा कहिले पनि कम्युनिष्टहरुसँगको सहकार्य कांग्रेसको हितमा हुँदैन। कांग्रेसका लागि अनुकूल हुँदैन। यो कुरा वीपीले पहिले नै परिभाषीत गरिसक्नुभएको थियो। वीपीले त्यही बेला आफ्नो स्पष्ट दृष्टिकोण राखिसक्नु भएको थियो।

कम्युनिष्टहरुसँगको सहकार्यले कम्युनिष्ट बलियो हुँदै गएको र कांग्रेसको संगठन कमजोर हुँदै गएको वर्तमान अवस्था हो। त्यसकारण हाम्रो प्रतिस्पर्धा नै कम्युनिष्टहरुसँग हो। हामीले चुनाव जित्ने नै कम्युनिष्टहरुलाई पराजित गरेर हो। जोसँग चुनावमा प्रतिस्पर्धा गर्नु छ उही सँग मिलेर जानु भन्नु अत्यन्तै अब्यवहारिक र अराजनैतिक विषय हो।

भर्खरै तपाईले भन्नु भएको कुरा नेपाली कांग्रेसको नेता शंकर भण्डारीको भनाई हो कि,त्यहाँका स्थानीयको हो कि,कांग्रेस पार्टीको भनाइ हो ?

देशभरिका धेरै भन्दा धेरै पार्टीका नेता साथीहरुको भनाइ दृष्टिकोणर बुझाइ हो।

भर्खरै तपाँइले कम्युनिष्टहरुसंगको सहकार्यले नेपाली कांग्रेसलाई नाफा भन्दा घाटा बढी भएको भन्नु भयो। तपाँईहरुले प्रत्यक्ष २३ सिट जितेको पार्टी अहिले सरकारको नेतृत्व गरेको छ। तपाँईहरु अहिले आफ्नो ढङ्गले अरु प्रदेशहरुमा पनि सरकार बनिरहेको अवस्थामा त्यती बेला त तपाईलाई कम्युनिष्टहरु कै साथले त्यहाँ पुर्याएको हो नि । अनि यति सजिलै कम्युनिष्टहरुले हामीलाई अफ्ठ्यारो पार्‍याे भनेर कसरी भन्नु भयो ?

कुरा के छ भने हामी ३० वर्ष पञ्चायतसँग हामी लड्यौँ। हाम्रा धेरै नेताहरु जेल बस्नु भयो। धेरै नेता साथीहरुले धेरै प्रकारको यातना भोग्नुभयो। कतिपय साथीहरु पञ्चायत शासकहरुबाट मारिनु भयो। तर हामी आफ्नो विचार, सिद्धान्त, नीति र कार्यक्रम लिएर टिकेका थियौँ र २०४६ सालको आन्दोलनको परिवर्तनको नेतृत्व हामीले गर्न सकेका थियौँ।

त्यसकारण गठबन्धन गरेर रुपमा चित्त बुझाउने ठाउँ त रहन्छ। तर दीर्घकालिन रुपमा गठबन्धनले कांग्रेसलाई फाईदा पुर्‍यमउँदैन। र अर्को कुरा यो सरकार हामीले बनाउनु पर्छ भनेर बनाएको होइन।

कम्युनिष्टले जनतालाई धोका दिएका कारण,जनमतलाई अपमान गरेका कारण हामीले देश प्रतिको जिम्मेवारी सरकारको नेतृत्व गरेका हौँ। त्यसकारण यो सरकार हाम्रो रहरले भन्दा पनि कम्युनिष्टको कारणले हामीले नेतृत्व गरिदिनु परेको अवस्था हो।

त्यसकारण कांग्रेस अब भोलिको दिनमा आफ्नो विचार,नीति,सिद्धान्तले जनताको विश्वास जितेर विगतमा भएका कमिकमजोरीलाई सुधार्दै देश निर्माणको अभियानको नेतृत्व गर्ने पाटीको रुपमा अगाढि बढ्नुपर्छ।

त्यसैले अब जनतालाई कांग्रेस र कम्युनिष्टमा के-के फरक छ भन्ने कुरा आम जनताले बुझ्न पाउनु पर्छ। त्यसैले कांग्रेसका तल्लो तहको नेता देखि पार्टीका धेरै नेताहरु गठबन्धन गर्नु हुँदैन भन्ने पक्षमा देखिनु भएको छ।

यो कुरा त पहिले तपाँईको पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बुझ्नु पयो नि। उहाँ त गठबन्धन गरेर नै जाँउ भन्दै हुनुहुन्छ। त्यसकारण तपाँईले गठबन्धन हुँदैन भनेर हुन्छ र ?

तपाँईले सही कुरा गर्नु भयो। अब हामी केन्द्रीय समितिको बैठक बस्छौँ। त्यसपछि यो विषयमा पनि बृहत छलफल गछौँ। एउटा कुरा के छ भने हामीसंग बिगतको पनि अनुभव छ।

विगतमा २०७४ सालमा भएको केही स्थानीय तहको निर्वाचन र केही संघीय निर्वाचनको अनुभूती पनि छ। देशभरको कार्यकर्ता साथीहरुलाई त्यो बेला भएको गठबन्धनले कांग्रेसलाई नोक्सान भएको अनुभूति गरेका छन्।

त्यो बेला चितवनको मेयर देखि डा.बाबुराम भट्टराईलाई जिताएको विषयले कांग्रेसका लागि नोक्सान भएका कारण साथीहरुले अत्यन्तै गम्भिर रुपमा लिनुभएको छ।त्यसैले अब नेताले भन्दैमा पार्टीका नेता कार्यकर्ताले मानिहाल्छन् भन्ने अवस्था छैन।

त्यसकारण अब समयमा नै हामी सचेत भएर कांग्रेस आफै र एक्लै चुनाव जित्ने संगठन निर्माण बनाउने तर्फ लागेर बलियो पार्टी बनाएर एक्लै चुनाव जित्ने बाटोमा अगाढि बढ्नु पर्छ।

भिडियाे संवाद




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *