खनाललाई नेम्वाङको जवाफ -कसको मतपेटिका खाली हुन्छ चुनावमा थाहा हुन्छ

डिसी नेपाल
६ चैत २०७८ १८:०४

इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले कसको मत पेटिका रित्तो हुन्छ स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनबाट थाहा हुने प्रतिक्रिया दिएका छन् ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने इलामको सूर्योदय आयोजित आमसभालाई सम्बोधन गर्दै नेम्वाङले यस्तो बताएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनाले आउँदो चुनावमा एमाले र केपी ओलीको मतपेटिका शून्य पार्नुपर्ने बताएका थिए ।

‘इलामको चिया विकास निगम कहाँ पुग्यो रु यसको लागि को जिम्मेवार छन्’, उनले भने,‘जनतालाई हिसाब किताब राखेका छन् । पार्टी फुटाएर विपक्षीलाई सत्ता सुम्पनेको मत पेटिका रित्तो हुन्छ कि केपी ओलीको, एमालेको मत पेटिका रित्तो हुन्छ आउँदो चुनावमा थाहा हुन्छ ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *