अर्घाखाँचीमा विवेकशील साझा र राप्रपाले चुनावी तालमेल गर्ने

डिसी नेपाल
६ चैत २०७८ २०:२४

अर्घाखाँची । अर्घाखाँची जिल्लामा विवेकशील साझा पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी तालमेल गर्ने भएका छन् ।

दुई पार्टीका शीर्ष नेताहरूको बैठकले आगामी निर्वाचनमा एकले अर्कोलाई सहयोग गर्ने निर्णय भएको विश्वस्त स्रोतले उल्लेख गरेको छ ।

अधिकतम विषयमा मुद्दा मिल्ने यी दलले केही दिनमा संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी गरेको समेत स्रोतले उल्लेख गरेको छ ।

‘केही दिनमा पत्रकार सम्मेलन गर्ने छौं,’ विवेकशील साझाका जिल्ला संयोजक पशुपति पाण्डेले भने, ‘कमसेकम स्थानीय निर्वाचनमा एक अर्कासँग सहकार्य गर्ने सहमति भएको छ ।’

संयोजक पाण्डेले एकले अर्कोलाई सहयोग गर्ने सहमति भए पनि विस्तृत मोडालिटी भने तयार भइनसकेको जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *