स्थानीय चुनावका लागि अर्घाखाँचीमा ८ दल दर्ता, परिवार दलदेखि राप्रपा नेपालसम्म

डिसी नेपाल
७ चैत २०७८ ९:५०

अर्घाखाँची। राष्ट्रिय मान्यता प्राप्त नगरेका ८ दल अर्घाखाँचीमा दर्ता भएका छन्। निर्वाचन आयाेगले दिएकाे समयसीमाभित्र ८ दल दर्ता भएकाे जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रवी अर्यालले जानकारी दिए।

नेपाल परिवार दलका अध्यक्ष डिल्लीराज भुसालले जिल्ला निर्वाचन कार्यालयमा पुगेर दल दर्ता गरेका छन्। विवेकशिल साझा,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, उन्नत लाेकतन्त्र पार्टी, राष्ट्रिय जनमाेर्चा दरर्ता भएका हुन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्ट सहित ५ राष्ट्रिय मान्यता प्राप्त दल छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *