ललितपुरमा स्थानीय निर्वाचनका लागि ३१ दल दर्ता

डिसी नेपाल
७ चैत २०७८ १०:५०

ललितपुर। जिल्ला निर्वाचन कार्यालय ललितपुरमा स्थानीय निर्वाचनमा भाग लिनका लागि ३१ वटा दल दर्ता भएका छन्। निर्वाचन कार्यालयकी सूचना अधिकारी सरस्वती शर्माका अनुसार आइतबार ५ बजेसम्म ३१ वटा दल दर्ता भएका हुन्।

जिल्लामा दर्ता भएका दलले पुरानै चिन्ह पाउने सूचना अधिकारी शर्माले बताइन्। भनिन्, ‘मतपत्र छाप्न र निर्वाचन प्रकृया सझिलो होस भनेर जिल्लामा पनि दल दर्ता गरिएको हो। आयोगमा पहिले नै दल दर्ता भइसकेको छ।’

निर्वाचन आयोगले केही दिनअघि आचारसंहिता राजपत्रमा प्रकाशित गरिसकेको छ । यही चैत्र १३ गते आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ। निर्वाचन आयोगले ललितपुरका हरेक पालिकामा केही दिनमा निर्वाचन अधिकृतको कार्यालय खोल्दैछ। मतदाता शिक्षाको कार्यक्रम पनि सुरु बाँकी छ।

सूचना अधिकारी शर्माका अनुसार ललितपुरमा नमूना मतदान कार्यक्रम पनि हुनेछ। सरकारले स्थानीय निर्वाचनका लागि म्यादी प्रहरी भर्ना सुरु भइसकेको छ र भने मतदाता शिक्षामा लागि सामाजिक परिचालक र स्वास्थ्य स्वयम्सेवकहरु खटाउन पनि बाँकी नै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *