सिन्धुलीमा २८ केजी गाँजासहित दुई जना पक्राउ
सांकेतिक तस्वीर
सिन्धुली। सिन्धुलीको मरिण गाउँपालिका–२ सानो गर्दवाबाट करिब २८ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय दल बहादुर मोक्तान र १८ वर्षीय किशोर रहेका छन्। ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरुको घर तथा आसपास एरियाहरू तलासी गर्ने क्रममा घर नजिकै रहेको मकैबारीमा प्याकिङ गरी राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारी प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment