आफ्ना नेतालाई ओलीको निर्देशन-मतपत्रको रक्षा गर्नू
काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले आसन्न स्थानीय तहको निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका छन्।
काठमाडौंमा पार्टीको पोलिट्ब्युरोको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोग र सत्तारुढ गठबन्धनबीच मिलेमतोको आशंका गर्दै सचेत र सावधानी अपनाउन आफ्ना नेताहरूलाई निर्देशन दिएका हुन्।
एमालेसँग कुनै छलफल नै नगरी आयोगले नियम र आचारसंहिता बनाएको भन्दै ओलीले चुनाव निष्पक्ष हुनेमा आशंका व्यक्त गरे। मतदानदेखि मतगणना नहुँदासम्म मतपत्रको रक्षा गर्न ओलीले निर्देशन दिएका हुन् । स्थानीय तहको निर्वाचन आउँदो ३० वैशाखमा हुँदै छ।
प्रतिक्रिया
Facebook Comment