सुदूरपश्चिम लोकसेवाले माग्यो १६७ वन रक्षक, कक्षा ८ उत्तीर्णलाई अवसर

डिसी नेपाल
९ चैत २०७८ ७:१५
164
Shares

काठमाडाैं। सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले वन रक्षक पदमा दरखास्त आह्वान गरेको छ। सुदूरपश्चिम प्रदेश, उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट माग भई आएअनुसार आयोगले १६७ पदमा खुला तथा समावेशी कोटामा दरखास्त आह्वान गरेको हो।

आयोगले खुलातर्फ ९२, महिला २५, आदिवासी/जनजाति २०, मधेसी १६, दलित ७, अपांग ४ र पिछडिएको क्षेत्रबाट ३ गरी १६७ कोटा छुट्याएको छ। योग्यता पुगेका नेपाली नागरिकले २९ चैतसम्म नियमित र दोब्बर दस्तुरमा ६ वैशाखसम्म अनलाइनमार्फत् आवेदन दिन पाउनेछन्।

कक्षा ८ उत्तीर्ण भई शारिरिक तन्दुरुस्ती भएका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहकाले दरखास्त दिन पाउने सूचनामा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *