सुख्खा पहिराले भीमदत्त राजमार्ग अवरुद्ध

डिसी नेपाल
९ चैत २०७८ १७:१८

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका–१ साउँ खर्कमा पहिरो आउँदा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज दिउँसोदेखि अवरुद्ध भएको छ ।

सडक माथिबाट आएको पहिराका कारण १२ बजेदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । सुख्खा पहिराले राजमार्ग अवरुद्ध भएपछि अहिले तराइबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेकासवारी साधनबीच बाटोमै रोकिएका छन् ।सडक डिभिजन कार्यालयको डोजरले पहिरो पन्छाउने काम गरिरहेको स्थानीय पार्वती धामीले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *