गाउँ सबल नभएसम्म देशमा समृद्धि आउँदैनः चित्रलेखा यादव

डिसी नेपाल
९ चैत २०७८ १८:२१

सिराहा । गाउँलाई शैक्षिक, राजनीतिक, संस्कारिक र आर्थिक रूपले सबल नबनाएसम्म देशमा समृद्धि नआउने नेपाली कांग्रेसकी केन्द्रीय सदस्य चित्रलेखा यादवले बताइन् । सिराहाको बरियारपट्टीस्थित वित्तीय जागरण राष्ट्रिय अभियान समारोहलाई सम्बोधन गर्दै उनले देश सबल बनाउन सबै एकढिका भएर लागे मात्र समृद्धिको सपना पुरा हुने बताएकी हुन् ।

१५ वर्षको युद्ध अवधिमा ग्रामीण भेगका महत्त्वपूर्ण संरचना ध्वस्त भएको चर्चा गर्दै त्यस्ता संरचना निर्माण गर्न अतिआवश्क रहेको उनले बताइन् । ुविकास र समृद्धिका लागि शान्ति चाहिन्छ। तर, युद्ध अवधिको असर समाजमा अहिले पनि पर्दै छन्। त्यस्ता असरलाई रोक्ने गरी क्रियाकलाप हुनु जरुरी छ,ु उनले भने ।

चुनावमा भोटको राजनीतिक हुने गरेको बताउँदै उनले विकासको राजनीतिक गर्नुपर्नेमा जोड दिइन् । उनले निर्वाचन जितिसकेपछि नेता सबैका साझा हुनुपर्ने धारणा राखेकी छन् ।

सफ्टवेयर र मोबाइलको माध्यमले सीप हुनेहरू सहज रूपमा आर्थिक कारोबार गरेर राम्रो आम्दानी गर्न सफल भइरहेको यादवले बताइन् ।

संघीयताको माध्यमले गाउँ–गाउँमा रहेको स्थानीय सरकारले ग्रामीण बासिन्दाको आवश्यकता र देखा परेका समस्यालाई समाधान हुने गरी योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनले औँल्याइन् ।

शिक्षा आर्जन गर्नबाट कसैले कसैलाई वञ्चित गर्नु हुँदैन । ‘सरकारी विद्यालयको पठनपाठनमा सुधार नआएसम्म ग्रामीण भेगको विकास हुन सक्दैन,ु उनले भनिनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *