नागरिक जिम्मेवार नबनेसम्म लागूऔषध नियन्त्रण सम्भव छैन : कानुनमन्त्री शाही

डिसी नेपाल
१० चैत २०७८ ६:२३
44
Shares

जुम्ला। कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बढ्दो क्रममा रहेको लागूऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

उनले युवामैत्री नीति निर्माण, युवा परिचालन, स्रोतसाधन सहितको जनशक्ति व्यवस्थापन, सीमा नाकामा कडाई र सेचतनामूलक कार्यक्रममा जोड दिएर लागूऔषध नियन्त्रण गर्न कर्णाली प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

जुम्लामा आयोजित लागूऔषध तथा मदिरा नियन्त्रणसम्बन्धी प्रदेशस्तरी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै कानुनमन्त्री शाहीले दण्ड जरिवाना र सजाय दिने नीति निर्माण गरेर मात्रै लागूऔषध नरोकिने भन्दै चेतना विकासमा जोड दिन आबश्यक रहेको बताए।

नीति निर्माण भएपनि बढ्दो बेरोजगारी,अभिभावकको लापरबाहि,युवामैत्री नीतिको अभाव,विकासमा युव ासहभागिताको कमी लगायतका कारणले लागूऔषधको प्रयोग बढेकोले रोजगारी सृजना सँगै गाउँगाउँमा चेतना विकासका कार्यक्रम लिएर जान उनले अनुरोध गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *