एमाले केन्द्रीय कमिटी बैठक आज पनि, घोषणापत्र केन्द्रित छलफल हुने

डिसी नेपाल
१० चैत २०७८ ७:४७

काठमाडौं। नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा आज बिहीबार स्थानीय निर्वाचनको घोषणापत्र केन्द्रित छलफल हुने भएको छ।

घोषणापत्रमा पार्टीले समावेश गर्ने एजेण्डाको विषयमा छलफल हुने कार्यसूची रहेको केन्द्रीय कमिटी सदस्य अइन्द्रसुन्दर नेम्बाङले जानकारी दिए। निर्वाचन रणनीतिसँगै उम्मेदवार चयनको मापदण्डबारे पनि छलफल हुने उनले बताए।

यस्तै, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि पनि केही समय छलफल हुने भएको छ। बैठकमा रिपोर्टिङ भने बुधबार नै सकिएको छ। एमालेले ९ वैशाखमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ। घोषणापत्र भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरले संयोजक रहेको नीति अनुसन्धान प्रतिष्ठान र स्थानीय तह परिचालन विभागले बनाउने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *