मैले राजसंस्था छाडेको होइन, पुर्वराजा ज्ञानेन्द्रले नै मलाई छोडेका हुन्ः कमल थापा

डिसी नेपाल
१० चैत २०७८ २०:५३

काठमाण्डौ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफुले राजसंस्था पुनर्स्थापनाको एजेण्डा छोडेको विषयमा प्रष्टीकरण दिएका छन् । उनले बिहिबार साँझ सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै आफुले राजसंस्था छाडेको नभइ पुर्वराजा ज्ञानेन्द्रले नै आफुलाई छोडेकाले राजसंस्था पुनर्स्थापनाको एजेण्डा छाड्नु परेको बताएका छन्।

२०६२६३को राजनैतिक परिवर्तन पछि देश गणतन्त्रमय भएको अवस्थामा आफुले ज्यान हत्केलामा राखेर राजसंस्था पुनर्स्थापनाको लागि विगत १५ वर्ष देखि संघर्षरत रहेको भएता पनि गत मंसिर सम्पन्न राप्रपा महाधिवेशनमा आफुलाई पराजित गर्न निर्मल निवासले प्रत्यक्ष भुमिका खेलेको उनको भनाई छ। राजसंस्था पुनर्स्थापनाको विगत १५ वर्ष देखि गरिएको संघर्षका क्रममा जनता र जनताबाट अनुमोदित राजनैतिक दलसँग सम्बन्ध सुधार गर्ने कुनै पनि किसिमको सकारात्मक प्रयास निर्मल निवास र राजाले नगरे पछि जनता र राजसंस्था बिच दुरी बढ्दै गएको भन्दै नेपालमा राजसंस्था पुनर्स्थापनाको सम्भावना क्षीण भनेको उनले बताए।

भिडियो सन्देशमा थापाले भनेका छन्,‘शतप्रतिशत राजावादी रहेको दल राप्रपामा निर्मल निवासले नांगो हस्तक्षेप गरेर राजसंस्था साझा अभिभावक र निष्क्रिय भएर बस्न सक्दैन भन्ने सन्देश प्रवाहित गर्‍यो, यो पृष्ठभुमिमा हामीले सोच्यौं कि अब लोकतन्त्र, हिन्दुराष्ट्र, सुशासन र समृद्धिको एजेण्डा बोकेर जानू बाहेक अर्को कुनै विकल्प छैन, राजसंस्थाप्रति विश्वास र आस्था हिजो पनि थियो, त्यो सम्मान भोलि पनि रहनेछ, तर अबको गन्तव्य लोकतन्त्र हिन्दुराष्ट्र र समृद्धि नै हुनेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *