सरकारले नीतिगत व्यवस्था गरी कृषिमा आकर्षण गर्नुपर्छः प्रदेश प्रमुख शेरचन

डिसी नेपाल
१० चैत २०७८ २२:४०

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आयात प्रतिस्थापन गर्नेगरी कृषि उत्पादनमा जोड दिएका छन् । उनले त्यसका लागि सरकारले नीतिगत व्यवस्था गरी कृषिमा आकर्षण गर्नुपर्ने समेत बताएका छन् ।

प्रदेश प्रमुख शेरचनले बिहिबार बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा आजदेखि बुटवलमा सुरु भएको कृषि मेलाको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । उनले यस क्षेत्रको कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि सिँचाइ अपरिहार्य रहेको बताउँदै राष्ट्रिय उत्पादनमा योगदान गर्ने कालिगण्डकी–तिनाउ डाइभर्सनमा आवश्यक रहेको बताए । उनले राष्ट्रिय हितलाई ख्याल नगरी विगतमा सन्धिसम्झौता गरिएका कारण आफ्नो देशको पानी आफैँले प्रयोग गर्न नपाइएको बताउँदै प्रदेश प्रमुख शेरचनले यहीँबाट लगेको पानीले भारतमा तीन÷चार बाली उत्पादन गर्ने र त्यही उत्पादन नेपालमा आयात गर्नुपरेको भनाइ राखे । यो परिस्थिति तोड्नका लागि पनि कालीगण्डकी–तिनाउ डाईभर्सन अपरिहार्य रहेको उनको भनाइ छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बुटवल उपमहानगरपालिकाभित्र दुई हजार ९०० हेक्टर कृषियोग्य जमिन रहेको र नगरपालिकाले तरकारी बीउ, मल, दुग्ध उत्पादनका लागि भकारो सुधारलगायतका कार्यक्रम सञ्चालन गरेको जानकारी गराए। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य तथा कृषि उद्यम केन्द्रका अध्यक्ष अरुणराज सुमार्गीले कृषिको विकासका लागि नीतिगत व्यवस्था, वैज्ञानिक व्यवसायीकरण आवश्यक रहेको भनाइ राखे ।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्वलप्रसाद कसजुले कृषिमा व्यावसायिक विकास गरी कूल ग्रार्हस्थ उत्पादनमा कृषिको योगदान बढाउन विशिष्टिकृत कृषि मेला आयोजना गरिएको बताए । सङ्घले २०६२ सालदेखि निरन्तर कृषि मेला गर्दै आएको छ । यो दशौँ संस्करणको कृषि मेला हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *