कांग्रेस बैठकः आज क-कसले राखे धारणा ?

डिसी नेपाल
११ चैत २०७८ १९:०२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपार्टीको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको छ ।

आजको बैठकमा केन्द्रीय सदस्यहरु कृष्णचन्द्र नेपाली पोखरेल, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कर्णबहादुर बुढा, रमा कोइराला ९पौडेल०, कृष्णकिशोर घिमिरेले आफ्नो धारणा राखेका थिए ।

त्यस्तै टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, प्रा.डा. गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, दिनेश कोइराला, सीताकुमारी राना, शान्ति परियारले स्थानीय चुनाव, गठबन्धन लगायका विषयमा धारणा राखेका थिए ।

बैठकमा प्रदेश सभापतिहरु उद्धव थापा (प्रदेश नं. १), कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर वानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) ले आ–आफ्नो धारणा व्यक्त गरेको कांग्रेस मुख्य सचिव कष्णप्रसाद पौडेलले जानकारी दिए।

केन्द्रीय कार्यसमितिको बैठक चैत्र १३ गते आइतबार विहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने उनले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *