देउवाले गठबन्धन लाद्न खोज्नु भयो भन्नु झुटः कांग्रेस प्रवक्ता

डिसी नेपाल
११ चैत २०७८ १९:०६

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन नलादिने बताएका छन् ।

शुक्रबार सुरु कांग्रेसको बैठक पछि प्रवक्ता महले सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन लाद्न खोज्को भन्दै चर्चा गरिएको र उक्त कुरा झुटो भएको बताएका छन् ।

उनले बैठकमा प्रदेशहरुबाट फरक फरक ठाँउहरुबाट विभिन्न फरक फरक सुझावहरु आएको र छलफल पछि टुंगोमा पुग्ने बताएका छन् ।

आवश्यकताको सिद्धान्तअनुसार कतै गठबन्धन गरेर जान हुने र कतै गठबन्धन नगरे पनि हुने भनेर फरक फरक ठाउँहरुबाट रिपोर्टहरु आएको उनले बताए ।

‘आवश्यकताको सिद्धान्तमा गठबन्धन हुनुपर्छ भन्ने सुझावहरु आएका छन् । आवश्यकताको सिद्धान्तमा गठबन्धन हुनुपर्छ । सभापति शेरबहादुर देउवाले गठबन्धन लाद्न खोजेको भन्ने झुटो कुरा हो’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *