आमिर खानले खुलाए आफूले बलिउड छोड्ने फैसला गर्नुको कारण
काठमाडौं। बलिउड अभिनेता आमिर खानले आफूले केही वर्ष पहिले फिल्ममा काम गर्न छोड्ने निर्णय गरेको खुलासा गरेका छन् । आमिरका अनुसार उनले त्यतिबेला कुनै पनि फिल्ममा अभिनय नगर्ने र फिल्म निर्माण पनि नगर्ने निर्णय गरेका थिए । उनले यो कुराको खुलासा एक भारतीय समाचार च्यानलको कार्यक्रममा गरेका हुन् ।
उनले भने ‘मलाई महसुस भयो कि म कहीँ न कहीँ स्वार्थी थिएँ र मैले आफ्नो बारेमा सोचिरहेको थिएँ । छोराछोरी र परिवारका जिम्मेवारी त्यो गहिराइका साथ निभाउन सकिरहेको थिइन जुन गहिराइबाट मैले निभाउनुपर्ने थियो । यस्तोमा मैले फिल्ममा काम गर्न छोडिदिएको थिएँ ।’
यो कार्यक्रममा बोल्दै आमिरले बताएअनुसार उनले फिल्ममा काम गर्ने छोड्ने कुराको सार्वजनिक घोषणा यसकारण गरेका थिएनन् किनकि मानिसहरुलाई यो उनको मार्केटिङको तरिका हो भन्ने लाग्न सक्थ्यो । आमिरले भने ‘मलाई लाग्यो कि मैले मानिसहरुलाई भन्नुपर्छ कि म अब अभिनय गर्ने छैन । तर, फेरि लाग्यो कि कहीँ मानिसहरुलाई यस्तो लाग्न सक्छ कि यो मार्केटिङको तरिका हो । लाल सिंह आइरहेको छ त्यसैले यसले सन्यासको घोषणा गर्यो ।’
आमिरका अनुसार जब उनको निर्णयबारे उनको परिवारलाई थाहा भयो त्यसपछि सुरुमा त कसैले केही भनेनन् तर पछि उनका छोराछोरी र किरण रावले उनलाई सम्झाए । आमिरले भने ‘छोराछोरीले मलाई सम्झाए कि तपाइँ निकै एक्स्ट्रिम मानिस हुनुहुन्छ तपाइँले जिन्दगीमा सन्तुलन राख्नुपर्छ । किरणले मलाई सम्झाइन् र भनिन् कि सिनेमा तपाइँभित्र बसेको छ ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment