मच्छिन्द्रलाई सडनडेथमा स्तब्ध पार्दै पिप्लेले राजर्षि उचाल्यो

डिसी नेपाल
१३ चैत २०७८ २१:००

सर्लाही । सर्लाहीको बागमतीमा जारी छैठौं राजर्षि जनक कप फुटबलको उपाधि साबिक विजेता पिप्ले फुटबल क्लब हेटौडाले जितेको छ ।

सर्लाहीको बागमती–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ समृती खेल मैदानमा आइतबार भएको फाइनल खेलमा लिग विजेता मछिन्द्र फुटबल क्लब काठमाडौंलाई सडनडेथ पराजित गर्दै पिप्लेले उपाधि चुमेको हो ।

निर्धारित समय दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्रइबेकरमा पनि दुवै टिमले बराबर ३र३ गोल गरेपछि खेल सडनडेथमा पुगेको थियो । ट्राइबेकरमा मछिन्द्रका लागि राष्ट्रिय स्टाइकर विमल घर्ती मगर र देवेन्द्र तमाङ्गको प्रहार पिप्लेका गोल किपर अशोक बरालले उत्कृष्ट बचाउ गरेका थिए ।

त्यसैगरी पिप्लेका कुलदिप कार्कीले प्रहार गरेको बल पोष्ट बाहिरियो । विदेशी खेलाडी मार्टिनले प्रहार गरेको बल मछिन्द्रको गोल किपर विशाल श्रेष्ठले बचाउ गरे । सडनदेथमा मछिन्द्रको छिरिङ गुरुङले प्रहार गरेको बल क्रसबारमा ठोक्किएपछि पिप्ले दोस्रो पटक उपाधि चुम्न सफल भयो । जितसँगै पिप्लेले राजर्षि रनिङ सिल्ड साथै नगद १० लाखसमेत हात पारेको छ । उपविजेता बनेका मछिन्द्रले नगद ५ लाखमा चित्त बुझायो ।

जितसँगै पिप्लेले दोस्रो पटक उपाधि उचालेको हो । यस्तै प्रतियोगिताको उदयमान खेलाडी बागमतीका विमल घिसिङ भएका छन् । घिसिङले दुई सय सिसीका मोटरसाइकल पाए । प्रतियोगिताको उत्कृष्ट खेलाडी पिप्लेका रूपक लामा भएका छन् । लामाले ५१ हजार प्राप्त गरेका छन् ।

वेस्ट गोलकिपर मछिन्द्रका विशाल श्रेष्ठ, वेस्ट प्रशिक्षक पिप्लेका सुविन घिमिरे, वेस्ट स्टाइकर मछिन्द्रका विमल घर्ती मगर, वेस्ट मिडफिल्डर मछिन्द्रकै सुजल श्रेष्ठ र वेस्ट डिफेन्डर बागमतीका अमर श्रेष्ठ घोषित हुँदै जनही २५र२५ हजार पुरस्कार पाए । चैत्र २ गतेदेखि सुरु भएको प्रतियोगितामा एक विदेशी पाहुना टिम सहित १२ टिम सहभागिता रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *