बेंगलोरमाथि पञ्जावकाे सानदार जित

डिसी नेपाल
१४ चैत २०७८ ७:४२

काठमाडौं। पञ्जाव किंग्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ मा विजयी सुरुआत गरेको छ। २०६ रनको विशाल विजयी लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

पञ्जाव को जितमा विकेटकिपर भानुका राजपक्षेले आक्रमक ब्याटिङ गर्दै ४३ रनको इनिङ खेले। ओडेन स्मिथ २५, शाहरुख खान २४ रनको योगदान गरे।

बेंगलोरका मोहम्मद शिराजले २ विकेट लिए। अक्षदीप, वानिन्दु हसरंगा र हर्षल पटेलले १–१ विकेट लिए। यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०५ रन बनायो।

बेंगलरका कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ८८ रन बनाए। दीनेश कार्तिक ३२ रनमा अविजित रहे। यस्तै, विराट कोहलीले ४१ रन बनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *