आइपिएल छोडेर बिहे गर्न गए म्याक्सवेल, चेन्नइको बेहुला बनेपछि सुपरकिंग्सले के भन्यो ?

डिसी नेपाल
१४ चैत २०७८ १३:१८

काठमाडौं। अस्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेलले आइतबार भारतीय मूलकी विनी रमनको साथमा तमिल रितिरिवाज अनुसार बिहे गरेका छन् । उनीहरुले बिहे त पहिले नै गरेका थिए तर यस पटक उनीहरुले तमिल रितिरिवाजअनुसार बिहे गरे । यो बिहेका लागि म्याक्सवेलले आइपिएलको खेल छोडेका थिए । आइतबार रोयल च्यालेन्जर्स बैंगलुरुको पंजाब किंग्ससँग खेल थियो ।

म्याक्सवेल चेन्नइको बेहुला बनेपछि आइपिएल टिम चेन्नइ सुपरकिंग्सले बधाइ दिएको छ । सुपरकिंग्सको बधाइ दिने शैली पनि निकै मजाको छ । चेन्नइ सुपरकिंग्सले सामाजिक संजालमा फोटो शेयर गर्दै भनेको छ ‘म्याक्सवेल बने चेन्नइको बेहुला, बिहेको शुभकामना । तपाइँको नयाँ साझेदारीमा निधै धेरै सिठ्ठी बजुन् ।’

म्याक्सवेल आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुमा आबद्ध छन् । आरसीबीले उनलाई यो सिजनका लागि ११ करोडमा रिटेन गरेको छ । आइपिएल सुरु भइसकेको छ र आइतबार बैंगलोरको खेल पनि थियो । आइतबारको खेलमा बैंगलुरु ५ विकेटले पंजाब किंग्ससँग पराजित भएको छ । बिहेका कारण म्याक्सवेल यो खेल खेल्न सकेनन् । आरसीबीको अर्को खेल ३० मार्चमा कोलकातासँग छ र म्याक्सवेल यो खेल खेल्ने सम्भावना छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *