पीएनजीलाई १५ रनले हराउँदै नेपालको सुखद सुरुआत

डिसी नेपाल
१४ चैत २०७८ १६:१७

काठमाडौं। त्रिकोणात्मक टी २० अन्तराष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले विजयी सुरुआत गरेको छ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराउँदै नेपालले सिरिजमा सुखद सुरुआत गरेको हो।

नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजीले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ६८ रन मात्र बनाउन सक्यो ।पिएनजीका नोर्मान भानुआले सर्वाधिक ५२ रन बनाए । यस्तै, सेसे बाउले ३०, चार्ल्स एमिनीले २२, लेगा सिएकाले २१ र नोर्मान भानुआले १९ रन बनाए ।

पिएनजीविरुद्ध किफायती बलिङ गरेका सन्दीप र करण केसीले समान तीन विकेट लिए । सन्दीपले चार ओभर बलिङमा २२ रन खर्चिदा करणले ४४ रन खर्चिएका थिए । यसबाहेक अविनाश बोहराले दुई र सोमपाल कामीले एक विकेट लिए ।लयमा देखिएका भानुआलाई १८।५ ओभरमा करणले पभेलियनको दिशा देखाएपछि नेपाल खेलमा फर्किएका थियो ।

यसै ओभरको अन्तिम बलमा सिमोन अटाईको विकेट लिएपछि नेपालले जिततर्फ अग्रसर भएको थियो ।जितसँगै नेपालले ट्वान्टी २० शृंखलामा सुखद् सुरुआत गरेको छ । शृंखलामा नेपाल, पिएनजी र मलेसिया सहभागी छन् ।नेपालले अब बुधवार मलेसियासँग प्रतिस्पर्धा गर्ने छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *