आइपिएलमा दाइले भाइको विकेट लिए, पाण्डेको बल, पाण्डेको ब्याट, पाण्डेले नै क्याच गरेर आउट

डिसी नेपाल
१५ चैत २०७८ १०:५४

काठमाडौं। इण्डियन प्रिमियर लिगमा गएराती भएको खेलमा दाजुले भाइको विकेट लिए । अझै रोचक त के भने पाण्डेको बलमा पाण्डेले ब्याटिङ गर्दा बल क्याच गरेर आउट गराउने पनि पाण्डे नै थिए । गुजरात टाइटन्स र लखनउ सुपरजाइन्ट्सको खेलमा लखनयका क्रुणाल पाण्डेले गुजरातका कप्तान हार्दिक पाण्डेको विकेट लिए । क्रुणाल र हार्दिक साख्खै दानुभाइ हुन् । खेल भने गुजरात टाइटन्सले ५ विकेटले जित्यो ।

रोचक त के भने हार्दिकको विकेट लिन क्याच पनि पाण्डेले नै गरेका थिए । हार्दिकलाई आउट गर्न मनीष पाण्डेले क्याच लिए । हार्दिकले २८ बलमा ३३ रनको इनिङ खेले । क्रुणालले हार्दिकको विकेट लिएसँगै सामाजिक संजालमा मीमहरुको बाढी नै आएको छ । यी रोचक मीमहरुका बीच हार्दिकले पनि खेलपछि प्रतिक्रिया दिँदै यदि आफूले खेल हारेको भए आफू क्रुणालको शिकार बनेको कुराले धेरै दुःख लाग्ने बताए । यी दाजुभाइ यसअघिका आइपिएल सिजनमा भने एउटै टिमबाट खेल्ने गरेका थिए । दुवै मुम्बइ इण्डियन्ससँग आबद्ध थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *