भक्तपुरका बजार अनुगमन गरी म्याद नाघेका खाद्य सामग्री नष्ट

डिसी नेपाल
१५ चैत २०७८ १२:०८

भक्तपुर। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मंगलबार नगरका ज्ञानकुञ्ज र दुधपाटीमा १० वटा खाद्य पसल अनुगमन गरेको छ। अनुगमन गर्दा तराजु नवीकरण नभएको र म्याद नाघेको सामानहरु जफत गरी नष्ट गरेको जनाइएको छ।

अनुगमनमा सिद्धपोखरी किराना पसल दर्ता प्रमाणपत्र सबैले देखिने गरी पसलमै राख्न, साइनबोर्ड राख्न, मूल्यसूची राख्न, म्याद नाघेको सामान छुट्टै राख्न, म्याद नाघेको सामान नेस्टलेको एभरिडे दूध एक पाकेट, छोटे छोटे मिनी पापड तीन पाकेट, शक्ति घ्यु तीन पाकेट, पैचो मिक्स अचार एक पाकेट, आलु भुजिया एक पाकेट, म्याजिक मसला एक पाकेट जफत गरी नष्ट गर्न निर्देशन दियो।

सुनिल स्टोरमा साइनबोर्ड राख्न, मूल्यसूची राख्न, प्याकेजिग सामान खाद्यको अनुज्ञापत्र लिई लेवल राखी मात्र बिक्रीवितरण गर्न, तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दियो।

एस स्टोर किरान पसलमा दर्ता भएकाले मिनीमार्टमा अपडेट गर्न, तराजु नापतौल विभागमा नवीकरण गर्न, मूल्यसूची राख्न, प्याकेजिङ सामान खाद्यको अनुज्ञापत्र लिई लेवल राखी मात्र बिक्रीवितरण गर्न, जगदम्बा धनिया धुलोमा लेबलमा म्याद नाघ्ने मिति नभएको ६ पाकेट र म्याद नाघेको सामानहरु उपकार टिमुर तीन पाकेट, ट्रिकर च्वाइस विस्कुट नौ पाकेट, २०२० कुकिज विस्कुट ठूलो नौ पाकेट र सानो नौपाकेट जफत गरी नष्ट गरियो।

भाजु पोखरी किरान पसल दर्ता नवीकरण गर्न, मूल्यसूची राख्न, साइनबोर्ड राख्न निर्देशन दिएको छ। यस्तै, नसाः छें पसल दर्ता नभए तीन दिनभित्र दर्ता गर्न र दर्ता भए प्रमाणपत्र पसलमा सबैले देखिने गरी राख्न निर्देशन दिइएको छ। साथै उषा व्यूटिपार्लर दर्ता नभएकाले त्यहीं दर्ता गराइयो। सिद्धपोखरी कफी एन्ड वेकरी हाउसलगायत पसल अनुगमन गरिएको वडा निरीक्षक.रामकृष्ण प्रजापतिले बताए।

अनुगमनमा अनुगमन समितिका सदस्यहरु हरिराम सुवाल, रोशनमैया सुवाल, भनपा श्यानिटेसका नगर निरीक्षक दिलीपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका अर्जन खाइतु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरीक्षक दिपक भारती, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग बाणिज्य संघका राजु त्वानाबासू, घरेलु तथा साना उद्योग संघका लक्ष्मीप्रसाद कवा सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *