कम भिजिबिलिटी भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएका छन् । सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
सोमबार बिहानैदेखि काठमाडौँको मौसम धुम्म भएका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरणमा समस्या भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । मौसममा सुधार हुनेबित्तिकै उडान र अवतरण नियमित हुने उनको भनाइ छ । भिजिबिलिटी कम हुँदा सोमबार दिउँसो पनि त्रिभुवन विमानस्थलबाट भएका उडान र अवतरणहरु प्रभावित भएका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment