पिएनजीको लगातार दोस्रो हार

डिसी नेपाल
१५ चैत २०७८ १७:०१

काठमाडौं ।त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट श्रृंखलामा मलेसियाले पपुवा न्युगिनी (पिएनजी)लाई आठ रनले हराएको छ । कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा सम्पन्न श्रृंखलाको दोस्रो खेलमा मलेसियाले दिएको १८१ रनको लक्ष्य पछ्याएको पिएनजीले १९ ओभर ३ बलमा सबै विकेट गुमाउनुअघि १७२ रन मात्र बनाउन सक्यो ।

पिएनजीका लागि टोनी उराले सर्वाधिक ५६ रनको योगदान गरे । यस्तै, नोर्मान भनुवाले ४५ र कप्तान असद भालाले ११ रन बनाए ।

मलेसियाका सर्विन मुनिएन्डीले चार विकेट लिँदा मोहम्मद वाकिफ र पवनदी सिंहले तीनरतीन विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउनुअघि १८० रनको योगफल तयार गरेको थियो ।

मलेसियाका विरानदीप सिंहले सर्वाधिक ५९ रन बनाएका थिए । यस्तै, कप्तान ऐमद फैजले ५६ र सैयद अजिजले ४७ रन बनाए ।

पिएनजीका नोर्मानले दुई विकेट लिँदा नोसैना पोकनले एक विकेट लिएका थिए ।

सोमबारदेखि सुरु भएको श्रृंखलामा पिएनजी यसअघि नेपालसँग १५ रनले पराजित भएको थियो ।

त्रिदेशीय श्रृंखलाको तेस्रो खेलमा बुधबार दिउँसो १२ः३० मा नेपाल र मलेसिया खेल्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *