जोन अब्राहमले एकैचोटी ६४ वटा रोटी खाइदिएपछि…
काठमाडौं। बलिउडका सबैभन्दा फिट अभिनेतामध्येका एक जोन अब्राहमको फिटनेस चर्चाको विषय बन्ने गर्छ । करोडौंको लागि प्रेरणा बनेका जोनको जस्तो फिटनेस धेरैले पाउन चाहन्छन् । जोन वर्कआउटका साथै आफ्नो डाइटको पनि निकै ख्याल गर्छन् । तर, जोन सधैं यस्ता थिएनन् । एक समय थियो जतिबेला जोन खाने कुराका सौखिन थिए ।
यसको खुलासा द कपिल शर्मा शोमा भएको हो । शोमा जोनले एकपटक आफूले रेष्टुरेन्टमा ६४ वटा रोटी खाएको बताएका छन् । आफ्नो आउँदो फिल्म अट्याकको प्रमोसनका लागि शोमा पुगेका जोनले यो रमाइलो घटना सुनाएका हुन् । शोमा कपिलले जोनसँग सोधेका थिए ‘के यो हल्ला सत्य हो कि तपाइँले एक पटक रेष्टुरेन्टमा ६४ वटा रोटी खानुभएको थियो ?’ जवाफमा जोनले भने ‘हो, यो सत्य हो ।’
जोनले अगाडि भने ‘मैले ६४ वटा रोटी खाएपछि वेटरले मेरो नजिक आएर भने – अझै दाल भात पनि छ ।’ जोनको नयाँ फिल्म अट्याक आउँदैछ । यो फिल्ममा जोनको साथमा रकुल प्रित सिंह र ज्याकलिन फर्नान्डिज छन् । फिल्मको ट्रेलर अहिले चर्चामा छ । फिल्म १ अप्रिलमा रिलिज हुँदैछ । अट्याकपछि जोन शाहरुख खानको फिल्म पठानमा देखिनेछन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment