उत्कृष्ट तेक्वान्दो टिम पुरस्कृत

डिसी नेपाल
१५ चैत २०७८ २१:३४

भक्तपुर । भक्तपुर नगरपालिका–७ को आयोजनामा भएको भक्तपुर कप तेक्वान्दो प्रतियोगिताका उत्कृष्ट टिमहरू पुरस्कृत भएका छन् ।

भक्तपुर युवा टिमको व्यवस्थापनमा भएको प्रतियोगिताका उत्कृष्ट टिमलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन् ।

प्रतियोगितामा विभिन्न उमेर समूहमा महिला पुरुष तौल समूहको भएको भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासुले जनाए ।

प्रतियोगिताका सवै उत्कृष्ट टिमलाई नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *