महिला लिगः चन्द्रपुरलाई पहिलो अंक

डिसी नेपाल
१६ चैत २०७८ १७:३९

काठमाडौं । राष्ट्रिय महिला लिगको तेस्रो चरणमा आएर चन्द्रपुर नगरपालिकाले पहिलो अंक जोडेको छ ।

बुधबार चितवनको शारदानगरमा भएको खेलमा विराटनगर महानगरपालिकासँग १–१ गोलको बराबरी खेल्दै दुवै टोलीले अंक बाढेका हुन् ।

खेलको ४१औं मिनेटमा मिना खातुनको गोलबाट विराटनगरले अग्रता लियो । तर, रजनी थोकरले ५४औं मिनेटमा गोल फर्काउँदै चन्द्रपुरलाई बराबरी ल्याइन् ।

बराबरीसँगै दोस्रो चरणको अन्त्यसम्म अंकविहीन चन्द्रपुरले खाता खोलेको छ । लिगमा तीन खेल खेलेको चन्द्रपुरले एक अंक जोड्दा विराटनगरले समान खेलबाट चार अंक जोडेको छ ।

दुई खेलबाट सशस्त्र प्रहरी बलको एपिएफ क्लब र धनगढी उपमहानगरपालिकाले समान ६ अंक जोडेका छन् । यस्तै, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र ललितपुर महानगरपलिकाले समान तीन अंक जोडेका छन् ।

बुधबारै हुने अर्को खेलमा आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *